योगको परिचयः
योग शब्द वेद, उपनिषद, गीता, पुराण आदि प्राचिन कालदेखि नै व्यवहारमा आएको देखिन्छ । आत्मदर्शन तथा समाधि देखि लिएर कर्म क्षेत्र सम्म योगको व्यापक प्रयोग भएको देखिन्छ । योग दर्शनका आविस्कारक महर्षी पतञ्जली हुन् । उनको भनाईमा योगको अर्थ चित्तवृत्ति निरोध बताउनु हुन्छ । जस्तो प्रमाण, प्रतिकुलता, विकल्प, निन्द्रा र स्मृति यी पञ्च वृत्तिहरु योगको अभ्यास साधना र वैराग्यबाट मनै देखि लयबद्ध रुपले आफ्नो स्वरुपमा अवस्थित हुनु योग हो । महर्षी व्यासको विचारमा समाधीनै योग हो । सम्यमपूर्वक साधना गर्दै आत्मालाई परमात्मासँग योग द्वारा जोडेर आनन्द लिनुनै योग हो । योगेश्वर भगवान श्रीकृष्ण भन्नुहुन्छ सिद्धि, अशिद्धि, सफलता, असफलता, जय, पराजय आदि सम्पूर्ण भावलाई आत्मसाथ गर्दै सम अवस्थामा रहनुलाई योग भन्नु हुन्छ ।
वास्तवमा योग आत्मसाक्षातकार, आत्मबोध, आध्यात्मिक दर्शन, जीवन दर्शन, जीवनको प्रवद्र्धन गर्दै, आत्मअनुशासन, जीवनशैली, योगलाई चिकित्सा विज्ञानसँग जोडेर जीवन विज्ञानमा समाहित गर्दै व्यक्ति र समाजको समस्याको समाधान गर्नु योग हो । अर्काे अर्थमा मानिसको शारीरिक र मानसिक रुपमा रहेको व्याधि (रोग) लाई हटाएर सर्वथा निरोगी बनाउनु, आरोग्यता दिनु, निर्भयता, सुख शान्ति, सुरक्षा, सहिष्णुता, प्रेम, करुणा, धैर्य, विवेकवान, ओजतेज, मृत्युन्जयसम्मको योगको परिभाषा पर्दछ ।
योगको प्रकारः दत्तात्रय योगशास्त्र तथा योगराज उपनिषद् अनुसार योग ४ प्रकारका छन् ।
१. मन्त्रयोगः
मातृकारियुक्त मन्त्रलाई १२ वर्षसम्म विधिपूर्पक जप्नाले साधकलाई विशुद्ध सिद्धिहरु प्राप्त हुन्छ ।
२. लययोगः
आफ्ना दैनिक क्रियाकलापहरुलाई गर्दै सदैव ईश्वरको ध्यान गर्नु लययोग हो । ईश्वरप्रणिधानानि लययोग हो ।
३. हठयोगः
विभिन्न मुद्रा, आसन, प्राणायाम एवं वन्धहरुको अभ्यासले शरिरलाई निर्मल एवं मनलाई एकचित्त गराउनु हठयोग हो । जो हामी दैनिक गर्छाैं ।
४. राजयोगः
यम, नियमको पालना गर्दै अभ्यासद्वारा चित्तलाई निवृत्त र निर्मल गरेर ज्योर्तिमय आत्मालाई साक्षात्कार गर्नु र समाधीसम्मको अनुभूति गर्नुलाई राजयोग भनिन्छ ।
योगको शरिरमाथि प्रभावः
जब हामी अष्टाड्ड योगको पालना गर्दै चेतना र अभ्यासको शक्तिद्वारा शरिरका शुप्त तन्तुहरु पुर्नजागरण एवं नयाँ तन्तुहरु कोशिकाहरुको निर्माण गरी योगका शुक्ष्म क्रियाहरुद्वारा सुक्ष्म स्नायु तन्त्रहरुलाई क्रियाशिल गर्दै ठीक प्रकारले रक्त संचालन गर्ने र आसन प्रणायामद्वारा शरिरका ग्रन्थी र मांसपेशीहरुमा घर्षण विकर्षण, आकुंचन, प्रसारण तथा सिथिलिकरणको क्रियाकलापद्वारा आरोग्य बनाउँछौ साथै रक्त बहन गर्ने धमनीहरु, सीराहरुलाई स्वस्थ राख्दै प्यान्क्रियाज, पाचनतन्त्र, हृदयरोग, दम, एलर्जी, गाँठागुठी, स्वस्थ हुनको साथै योगबाट ईन्द्रियहरु एवं मनको निग्रह हुन्छ ।
यस प्रकार अष्टाड्डयोगको आधार लिएर शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक उन्नती प्राप्त गर्दै ईश्वरसँग साक्षात्कार गरी पूर्ण आनन्दको अनुभूति प्राप्त गर्दै शरिरमा योगको सकारात्मक प्रभाव पर्दछ ।
स्वस्थ व्यक्तिको दिनचर्याः
स्वास्थ्य नै प्रमुख धन हो । स्वास्थ रहनको लागि निम्नानुसार तीन वटा आधारभूत कुराहरुको पालना गर्नुपर्दछ । कफ, पित्त, वात एवं पाचनप्रणाली, शरिरका शप्तधातुहरु, पञ्च ज्ञानेन्द्रिय सन्तुलित अवस्थामा रहँदा मात्र स्वस्थ र स्वास्थ्य रहन सकिन्छ ।
क) आहारः आहारले व्यक्तिको शरिर निर्माण हुनुको साथै हितभुक, मितभुक, ऋतुभुक अर्थात हितकारी, उचित मात्रा तथा ऋतु अनुकुल भोजन गर्नाले कफ, पित्त, वात सम अवस्थामा रहन्छ । मनुष्य शरिर साकाहारी बनोट भएकाले साकाहरी भोजन उत्तम छ ।
ख) निन्द्राः निन्द्रा ईश्वरीय विश्रामको सुखद अनुभूति हो । यो अनुभूति नहुँदा हामी अस्वस्थ हुन्छौं दैनिक ६ देखि ८ घण्टा निदाउन आवश्यक छ । राति चाँडै सुत्ने र बिहान ब्रम्हमुहूर्त अगावै उठ्नु स्वास्थ्यको लागि लाभदायक छ ।
ग) ब्रम्हचर्यः श्रृष्टिको मर्यादापूर्वक पालना गर्दै आफ्ना ईन्द्रिय एवं मनलाई भोगमा नलगाई उपयोग मात्र गर्ने र ईश्वर एवं परोपकारमा आफ्नो शक्तिलाई लगाउनु वा ब्रम्हको जस्तो आचरणमा बस्नु नै ब्रम्हचर्य हो ।
योगको ऐतिहासिक पृष्ठभूमिः
६ दर्शन सांख्य, वैसेसिक, न्याय, पूर्वामिमांसा, उत्तर मिमांसा, ४ वेद, पुराण, भागवत गीता आदि समस्त शास्त्रहरु योगसँग विमति छैनन् । जीवन जिउने कलामा शारीरिक तथा मानसिक रुपमा निरोग रहन सबै शास्त्रहरुले संकेत गरेको छ । यस लोक र परलोकका कर्मशुद्धिको लागि योगको प्रमुख भूमिका देखिन्छ । यसरी शास्त्रहरुको मत अनुसार ऋषिमुनीहरुले शैद्धान्तिक तथा व्यवहारिक ज्ञानको रुपमा योगको सुरुवात भएको र महर्षि पतञ्जली द्वारा प्रतिपादित योगलाई भारतमा सन् १९९५ देखि र नेपालमा सन् २००५ देखि यस युगका योग ऋषि स्वामी श्री रामदेवजी तथा बालकृष्णजी महाराजले सुरुवात गर्नुभएको हो । वास्तवमा योगको सृष्टि नेपालबाटै भएको प्रमाण स्वरुप नेपालभित्र रहेका हिमालय कैलाश पर्वतबाट भगवान शिवले योग सृष्टि गर्नुभएको देखिन्छ । हामी नेपाली जन्मजात योगीका सन्तान हौं । यसरी योगलाई स्वामी द्वय रामदेवजी तथा वालकृष्णजी महाराजले आजको विज्ञानसँग दाँज्दा समेत स्वभाविक देखिएकाले विश्वमा प्रख्यात छ । हाल विश्वका ६५ देशहरुमा पतञ्जली योग सञ्चालन भैरहेकोछ ।
अष्टाड्ड योग
आनन्द ब्रम्हको अंश हुनाले संसारका सम्पूर्ण प्राणीहरु आनन्द चाहन्छन् । तर त्यसको लागि प्रयत्न नगरी भौतिक संसारबाट पाउने आशामा हिँड्छन् । पूर्ण शान्ति र आनन्द प्राप्त गर्न कुनै मत, पन्थ वा सम्प्रदाय, जाति भेद, रहित जीवन जिउने सम्पूर्ण पद्धतिको सबै एक ठाँउमा अटाउन सिकाउने महर्षि पतञ्जलीद्वारा प्रतिपादित अष्टाड्ड योग नै हो । जीवनको पूर्ण सत्यसँग परिचित हुन चाहनेले जीवनको सामान्य व्यवहारदेखि समाधिसम्मको अध्यात्मको उच्चतम अवस्थाहरुको अनुपम समावेश भएको अष्टाड्ड योगको पालना गर्नुपर्दछ । अष्टाड्ड योग निम्नानुसार छन् । यम र नियम अष्टाड्ड योगको मूल आधार हुन् ।
१. यम २. नियम ३. आसन ४. प्राणायाम ५. प्रत्याहार ६. धारणा ७. ध्यान ८. समाधि
यमः ईन्द्रियहरु एवं मनलाई हिंसा आदि अशुभ भावहरुबाट हटाएर आत्मा केन्द्रित गरीन्छ त्यसलाई यम भनिन्छ । यम ५ प्रकारका छन्ः– अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य तथा अपरीग्रह ।
नियमः योगमा अर्काे आधारभूत अड्ड नियम यी ५ किसिमका छन् । शौच, सन्तोष, तप, स्वध्याय तथा ईश्वरप्रणिधान ।
आसनः “स्थिर सुखम् आसनम्” कुनै पनि आसनमा स्थिरता र सुखपूर्वक बस्नुलाई आसन भनिन्छ । साधकले जप उपासना र ध्यान आदि गर्नका लागि स्थिर र सुखपूर्वक लामो समय सम्म आसनमा बस्ने अभ्यास गर्नुपर्दछ ।
प्राणायामः आसन सिद्ध भएपछि स्वास प्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्नुलाई प्राणायाम भनिन्छ । योग दर्शन अनुसार प्राणायाम ४ प्रकारका छन् । बाह्यवृत्ति, आभ्यान्तर वृत्ति, स्तम्भवृत्ति, बाह्य अभ्यान्तर विषयपेच्छी ।
प्रत्याहारः साधकले विवेक तथा वैराग्यले आफ्नो मनमाथि नियन्त्रण गर्दै ईन्द्रियहरुलाई आफ्नो बसमा राख्दै विमुख ईन्द्रियहरुलाई अन्तरमुखी गर्नुनै प्रत्याहार हो ।
धारणाः जब प्रत्याहारद्वारा ईन्द्रियहरु एवं मन अन्तर्मुख भई स्थिर अवस्थामा आँउछन् स्थूल विषयलाई हटाएर सुक्ष्म लक्ष्य आत्मा–परमात्मा आदिमा केन्द्रित गर्ने वा शरिरको कुनै भित्री वा बाहिरी कुनै एक स्थानमा एकाग्र हुनुलाई धारणा भनिन्छ । धारणाको अभ्यास परिपक्व भएपछि मात्र ध्यान हुन थाल्दछ ।
ध्यानः धारणा पश्चात ध्येयरुप परमेश्वरमा ज्ञानको सदृश प्रवाह भएर आनन्दमय, ज्योर्तिमय र शान्तिमय स्वरुपमा मग्न हुनु ध्यान हो ।
समाधिः ध्यानद्वारा स्वयंलाई बिर्सेर जब स्वरुप शुन्यतामा आएपछि केवल परमेश्वरको आनन्दमय, शान्तिमय, ज्योर्तिमय स्वरुपको दिव्यज्ञान आलोकमा आत्मा मग्न भएर जब मानिसलाई प्रकाश स्वरुप आनन्द र ज्ञानले परिपूर्ण हुन्छ त्यो अवस्था समाधि हो ।
सूर्य नमस्कारको प्रभाव:
- यो एक पूर्ण व्यायाम हो । यसले शरिरका सबै अड्डप्रत्यड्ड बलिष्ठ एवं निरोगी बनाउँछ ।
- पेट, आन्द्रा, आमाशय, अग्नाशय, हृदय र फोक्सोलाई स्वस्थ राख्दछ ।
- मेरुदण्ड, कम्मर, लचिलो बनाएर त्यसमा आउने विकृतिहरुलाई हटाउँछ ।
- सम्पूर्ण शरिरमा रक्तसंचार गराएर रक्तअशुद्धि हटाई छालारोग निको पार्छ ।
- हात, खुट्टा, तिघ्रा, काँध आदि सबै अड्डको मांसपेशीहरु पुष्ट एवं सुन्दर हुन्छन् ।
- मानसिक शान्ति एवं ओज तेजको वृद्धि हुन्छ यथासक्य ११ देखि २१ पटक गर्न सकिन्छ ।
- आन्तरिक ग्रन्थीहरु नियमित बनाउने हुँदा मधुमेह रोगीको लागि विशेष उपयोगी छ ।
- सम्पूर्ण शरिरलाई पूर्ण आरोग्य गराई सबै अड्ड प्रत्याड्ड क्रियाशिल बनाउँछ ।
हठयोग एवं षटकर्मको जानकारी:
हठयोगको प्रणयता भगवान शिव मानिन्छन् । यस परम्परालाई कायम राख्ने गोरक्षनाथ, मच्छेन्द्रनाथ, मीननाथ, चौरड्डीनाथ, स्वात्माराम, भतृहरी आदि हुन् । सूर्य र चन्द्र नाडीको योगबाट हठयोग शब्दको निष्पन्न भएको छ । मनुष्यहरुमा २ प्रकारका शक्तिहरु छन् । १. अग्नी तथा सूर्यः बल, पराक्रम, सौर्य, विर्य आदि । २. सोमशक्ति वा चन्द्रः श्रद्धा, शान्ति, धैर्य, सौहार्द, प्रेम र सहानुभूति हुन । यी दुवै शक्तिहरुलाई निष्पन्न गर्नु यौगिक क्रिया हो ।
षटकर्मद्वारा मानव शरिरको शुद्धि लगायत कायाकल्प गराएर रोगमुक्त, दिर्घायु, स्वस्थ, पुष्ट एवं क्रान्तिमय यि क्रियाहरुको अभ्यासबाट २० प्रकारका कफरोग, ८० प्रकारका वातका रोगहरु र ४० प्रकारका पित्तका रोगहरु तथा कुष्ठरोग, पेट, फोक्सो, हृदय तथा मृगौला रोगका विकृतिहरु नासगरी सबैको सुस्वास्थ्यमा लाभ गराउँदछ । षटकर्म भनेको ६ कर्महरु हुन् । १. धौती २. बस्ती ३. नेती ४. त्राटक ५. नौली ६. कपालभाती यी ६ कर्महरु योग मार्गमा लागेका योगीहरुले सतत अभ्यास गर्न जरुरी छ ।
मुद्रा प्रकरणः
मुद्राहरु आसनको विकसित रुप हुन । ब्रम्हाण्ड तथा मनुष्य शरिर पञ्च तत्वद्वारा निर्मित छ । हाम्रो हातको ५ औंलाहरुले पञ्चतत्वको प्रतिनिधित्व गर्दछ । अंगुष्ठाले अग्नी, तर्जनीले वायु, मध्यमाले आकाश, अनामिकाले पृथ्वी र कनिष्ठाले जल तत्व प्रतिनिधित्व गरेको हुन्छ । मुद्रा विज्ञान अनुसार यि ५ तत्वहरुको समन्वयले शरिरका आन्तरिक ग्रन्थीहरु, अवयवहरु तथा उनीहरुका क्रियाले सुषुप्त शक्तिहरुलाई जातृत गरी दिन्छ । कुनै पनि आसनमा बसेर वा हिँड्दा, डुल्दा, बस्दा, उठ्दा प्रतिदिन १० मिनेटबाट प्रारम्भ गरेर ३० देखि ४५ मिनेटसम्म मुद्रामा रहनाले पूर्ण लाभ हुन्छ ।
प्रमुख मुद्राहरुलाई २ शिर्षकमा बाँडिएको छ ।
- तत्वहरुका नियमन गर्ने हस्त मुद्राहरु जम्मा ११ प्रकार छन् ।
- प्राणोस्थान र कुण्डलिनी जागरणमा सहायक मुद्राहरु जम्मा १२ प्रकार छन् ।
पहिलो ११ मुद्राहरुः
१. ज्ञान वा ध्यान २. वायु ३. शून्य ४. पृथ्वी ५. प्राण ६. अपान ७. अपानवायु ८. सूर्य ९. बरुण १०. लिड्ड ११. धारणा शक्ति
दोश्रो १२ प्रकारका मुद्राहरुः
१. भुचरी २. खेचरी ३. अश्विनी ४. योनी (पारड्डमुखी) ५. उन्मनी ६. शक्ति चालिनी ७. विपरितकरनी ८. योगमुद्रा ९. महामुद्रा १०. त्रिवन्ध ११. ब्रम्हमुद्रा १२. अग्निसारक्रिया
एक्युप्रेसर चिकित्सा पद्धति :
एक्युप्रेशर शब्दको अर्थ हो दबाब । शरिरका निश्चित विन्दुहरुमा आवश्यक दबाब दिएर विविध रोगहरुको उपचार चमत्कारिक रुपमा गरिन्छ । हात र खुट्टामा अवस्थित मुख्य केन्द्र विन्दुमा दबाब दिएर रक्त संचार गर्ने नाडीहरु, स्नायु संस्थान, ग्रन्थीहरुलाई उर्जा एवं आरोग्य प्रदान गरिन्छ । यो हानी रहित पद्धति हो ।
एक्युप्रेशरको समय:
कुनै पनि समय एक्युप्रेसर गर्न सकिन्छ तर आमाशय, आन्द्रा, कलेजो र पित्तासय रोगमा प्रेशर दिनु छ भने खानु भन्दा पहिला वा खाएको २/३ घण्टा पछि मात्र दिनु पर्दछ । प्रेशरअवधी रोगको प्रकृति अनुसार ३० सेकेण्ड देखि लिएर २ मिनेट सम्म एक केन्द्रमा दबाब हाल्नु पर्दछ । दिनमा बिहान बेलुका २ पटक प्रेसर दिनु पर्दछ । विशेष दुखाईको अवस्थामा ३ पटक पनि प्रेशर दिन सकिन्छ ।
कायाकल्प क्रिया (शंखप्रक्षालन वा शंख धौती):
हाम्रो पेटमा रहेका आन्द्राको आकृति शंखाकार छ । यो आन्द्रा ३२ फिट लामो हुन्छ । यसलाई शुद्ध गर्नु अथवा सफा गर्नुलाई शंखप्रक्षालन भनिन्छ । यसबाट भयड्ढर जिर्ण रोगहरु, पेटका रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेह, धातुरोग आदि सबै पेटभित्रका रोगहरुमा लाभ पु-याउँछ । यसको सफाई हुन सकेन भने आन्द्राका भित्ताहरुमा सुक्ष्म मलको पत्र जम्न जान्छ र रसहरु अवसोषण र निस्कासन गर्न सक्तैन जसले गर्दा मग्नादी, अपच, अमिलो डकार, पेटमा दुर्गन्धी, ग्याष्ट्रिकको रोग उत्पन्न भई मूख्य यन्त्र नै विकृत हनु जान्छ र सहायक यन्त्र आमासय, अग्नासय समेतमा प्रभावित भई रोग निम्त्याउँछ ।
सियाटिका आदिको लागि मुख्य आसन र मेरुदण्ड कम्मर दुःखाईको निमित्त विशेषासनहरुमा :
सियाटिका आदिको लागि मुख्य आसन र मेरुदण्ड कम्मर दुःखाईको निमित्त विशेषासनहरुमा :
१. चक्राशन २. सेतुबन्ध, मर्कट, कट्टीउत्तानासन, मकरआसन, भुजड्ड, धर्नुर, पूर्णधर्नुआसन, सलभासन, विपरीत नौकासन, उष्ट्रासन, अर्धचन्द्राशन, शिर्शासन आदि छन् ।
योगका विविध पक्ष:
योगका विविध पक्ष:
योग र शरीर एक अर्काका परिपुरक हुन । अज्ञान तथा अल्छी शरिरलाई योगको अनुशासनले उर्जा, उत्साह, दिशाबोध गराएर अन्ततः समाधि सम्म पु-याउँदछ । “शरिरमाध्यम खलु धर्मसाधनम्” शरिरमाध्यमबाटै आफ्नो लक्ष प्राप्ती गर्न सकिन्छ । तसर्थ शरिरलाई योग अभ्यासबाट साधकले हिंसा चाहँदैन र आश्चर्यजनकरुपबाट इन्द्रियहरुलाई निग्रह गर्दछ । मन मस्तिष्कबाट दायित्वबोध, आत्मबोध, समाजसेवाबोध गरी आफ्नो लक्षमा पुग्न सकिन्छ ।
स्वास्थ परक निर्देश:
स्वास्थ परक निर्देश:
भोग देखि योगसम्म सफल जीवन बनाउनका लागि स्थुल शरिरलाई सम्वद्र्धन र नियन्त्रण नियमतः अनिवार्य छ । योग चर्याले सर्वप्रथम हाम्रो अन्नमय स्थूल शरिरलाई नियमित एवं उर्जावान बनाउँछ । उत्तम स्वस्थ जीवन दुनियामा सबभन्दा उत्कृष्ट सौगात हो । मनुष्यको शारीरिक तथा मानसिक आध्यात्मिक तीनै क्षेत्रबाट सम्यक नभइकन स्वस्थ रहन सक्तैन । आहार, निन्द्रा, ब्रम्हचर्य यी तीन कुराबाट शरिर स्वस्थ हुनुको साथै आहार, विहार, विचार, व्यवहार, कर्मको सुचेष्टा तथा स्वास्थ्यको लागि उचित समयमा सुत्नु र उठ्नु स्वास्थ्य फलिभूत हुन्छ ।
तनाव उत्पत्ति कारण एवं प्रभाव:
आजको भौतिक युगमा मनुष्यहरुलाई सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, राजनैतिक परिवर्तन, धार्मिक पक्षको अभाव तथा वातावरणीय असन्तुलनका कारणहरुले गर्दा हामीमा तनाव उत्पन्न हुन्छ । समस्त रोगहरु उत्पन्न हुने कारण तनाव हो । तनाव जनित विभिन्न रोगहरु उत्पन्न हुन्छन् जस्तै उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पेटको रोग, कोलेष्ट्रोलको अनियमितता लगायत मानसिक र शारीरिक रुपमा अन्य विकृतिहरु उत्पन्न हुन गएर तनाव हर्माेनहरुको असन्तुलन हुन्छन् । तनावले शरिरका विभिन्न क्षेत्रमा असर पार्दछ ।
१. हृदयगति बढ्छ २. रक्तचाप बढ्छ ३. मांसपेशीमा प्रभाव पर्छ ४. स्वासगति बढ्छ ५. अक्सीजनको खपत ज्यादा हुन्छ ६. मुटुको धमनीमा रक्त प्रवाहको गति परिवर्तन हुन्छ ७. रक्त संचालन छिटो–छिटो हुन्छ ८. सिरम कोलेष्ट्रोल बढ्छ ९. पेटमा अमलपित्त बढ्छ १०. -यालग्रन्थीहरु सुक्छन् साथै छालामा परिवर्तन आउँछन् ।
तनाव हर्माेन पर प्राणायामका प्रभाव:
आजको भौतिक युगमा हर कार्यमा सर्वत्र तनावहरु पैदा भई रहन्छन् । तनावका कारण शरिरमा नकरात्मक हर्माेनहरु वृद्धि हुन्छन् । विचारमा पनि नकारात्मक प्रभाव पर्दछ । मन, मस्तिष्कमा प्राणायामको अभ्यासहरु दैनिक गरिने प्राणायामले सकारात्मक हर्माेनहरु उत्पादन गरी शरिरलाई स्वस्थ राखी तनाव रहित गराउँछ ।
तनाव उत्पत्ति कारण एवं प्रभाव:
आजको भौतिक युगमा मनुष्यहरुलाई सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, राजनैतिक परिवर्तन, धार्मिक पक्षको अभाव तथा वातावरणीय असन्तुलनका कारणहरुले गर्दा हामीमा तनाव उत्पन्न हुन्छ । समस्त रोगहरु उत्पन्न हुने कारण तनाव हो । तनाव जनित विभिन्न रोगहरु उत्पन्न हुन्छन् जस्तै उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पेटको रोग, कोलेष्ट्रोलको अनियमितता लगायत मानसिक र शारीरिक रुपमा अन्य विकृतिहरु उत्पन्न हुन गएर तनाव हर्माेनहरुको असन्तुलन हुन्छन् । तनावले शरिरका विभिन्न क्षेत्रमा असर पार्दछ ।
१. हृदयगति बढ्छ २. रक्तचाप बढ्छ ३. मांसपेशीमा प्रभाव पर्छ ४. स्वासगति बढ्छ ५. अक्सीजनको खपत ज्यादा हुन्छ ६. मुटुको धमनीमा रक्त प्रवाहको गति परिवर्तन हुन्छ ७. रक्त संचालन छिटो–छिटो हुन्छ ८. सिरम कोलेष्ट्रोल बढ्छ ९. पेटमा अमलपित्त बढ्छ १०. -यालग्रन्थीहरु सुक्छन् साथै छालामा परिवर्तन आउँछन् ।
तनाव हर्माेन पर प्राणायामका प्रभाव:
आजको भौतिक युगमा हर कार्यमा सर्वत्र तनावहरु पैदा भई रहन्छन् । तनावका कारण शरिरमा नकरात्मक हर्माेनहरु वृद्धि हुन्छन् । विचारमा पनि नकारात्मक प्रभाव पर्दछ । मन, मस्तिष्कमा प्राणायामको अभ्यासहरु दैनिक गरिने प्राणायामले सकारात्मक हर्माेनहरु उत्पादन गरी शरिरलाई स्वस्थ राखी तनाव रहित गराउँछ ।

No comments:
Post a Comment