आयुर्वेदको परिचयः
श्रृष्टिकालको सुरुदेखिनै आयुर्वेदको आविस्कार भएको हो । तसर्थ आयुर्वेद केहो? आयुष+वेदको शब्द मिलनबाट बनेको छ । आयुषको अर्थ जीवन वेदको अर्थ ज्ञान विज्ञान हो । जीवनसँग सम्बन्धित विज्ञान भएकाले जीवन जीउनको लागि सबै प्रकारको आवश्यक ज्ञान चिकित्सा स्वास्थ्य र रोग दुबैको लागि आयुर्वेद आवश्यक छ । विश्वका सम्पूर्ण प्राणी दुःख होईन आनन्द चाहन्छन् । भाक, प्यास, नीद, आदि एवं शारीरिक रोगबाट छुटकारा पाउन प्रयत्नशिल रहन्छन् । यो क्रम पुरा गर्न आयुर्वेदको श्रृष्टि भयो । अचेल एलोपेथी, होमियोपेथी, नेचुरोपेथी, प्राकृतिक चिकित्सा, रेकी अनेक प्रकारका चिकित्सा पद्धति प्रयोगमा छन् । तर आयुर्वेदिक पद्धति सरल र सहज प्राप्त हुने भएकाले हाम्रो मन मष्तिष्कमा बसेको छ । आयुर्वेद प्रत्येक घरको भान्साबाट सुरु हुन्छ । हाम्रो शारीरिक, मानसिक, आध्यात्मिक कल्याणका लागि आयुर्वेदको आवश्यकता पर्दछ । आयुर्वेदमा सबै सुखी निरोगी रहुन भन्ने भाव देखिन्छ । आयुर्वेद सिद्धान्त व्यक्ति, जाति देशमा मात्र सिमित नभएर सबै जगतको सार्वभौमिक औषधि भएको हुनाले यो सत्य सावित छ । सबै वनस्पति औषधि, सबै अक्षर मन्त्र भन्ने भावार्थमा मिल्न जान्छ ।
आयुर्वेद चिकित्साको विशेषताः
आयुर्वेद चिकित्सा पद्धति भनेको हाम्रो पिता पूर्खा ऋषिमूनीहरुबाटै निरन्तर चल्दै आएको प्राकृतिक वनस्पती र पशुजन्य तथा रसायनिक पदार्थद्वारा रोगको उपचार हुँदै आएको पद्धति हो । यसमा हाम्रा ऋषिमूनीहरुको सयकडौं वर्षको अनुभव देखिन्छ । आयुर्वेद औषधिहरुको मूलश्रोत भनेको हाम्रै घरआँगनमा प्राप्त हुने प्राकृतिक वनस्पति तथा पशुजन्यबाट प्राप्त हुन्छ । जस्तै सबै वनस्पति पहिचान पछि औषधि र गोमुत्र, दुध, घिउ, प्राकृतिक रसायन आदि श्रोत हुन्छन् । आधुनिक एलोपेथीक औषधि उपचार खर्चिलो र साईडइफेक्ट हुने गर्दछ । आयुर्वेदिक औषधिले भने शारिरीक र मानसिक रोग हटाएर निरोगीलाई पोषण दिने कार्य गर्नको साथै साईडईफेक्ट आदि हुन दिदैंन । एलोपेथिक औषधिबाट एक रोगको उपचार गर्दा अर्काे रोग उत्पन्न हुने गर्दछ जस्तो वातको उपचार गर्दा पित्त बढ्छ कफको उपचार गर्दा वात–पित्त बढ्छ । त्रिदोष र शप्तधातुमा समेत खराव गर्दछ तर आयुर्वेदिक चिकित्सा पद्धतिबाट एकको उपचार गर्दा अर्काे तर्फ हानी नहुने र निरोगीलाई पोषण समेत दिन्छ । जस्तै च्यवनप्रास, चन्द्रप्रवावटी, गोदुध, गो–घीबाट स्वस्थ व्यक्तिको पोषण हुन्छ ।
आयुर्वेदका विषय क्षेत्रः
आयुर्वेदको सम्बन्ध केवल मनुष्यसँग मात्र सम्बन्ध नभएर पशुजगत, वृक्षसँग पूर्णरुपमा सम्बन्धित रहेको हुन्छ । जस्तो अश्वआयुर्वेद, -घोडासँग सम्बन्धित_ गज आयुर्वेद -हात्ती_, गौ आयुर्वेद -गाई_ तथा वृक्ष आयुर्वेद -बोटविरुवा_ हुन्छन् । यसलाई ८ भागमा विभाजन गरी उपचार पद्धति उल्लेख छ । १. कायाचिकित्सा औषधि सेवनबाट २. शल्यचिकित्सा चिरफारबाट ३. सालक्य चिकित्साः कण्ठ, आँखा, नाक, कान, घाँटी, मुख, शिर एवं गर्धनमा विधिपूर्वक एकुप्रेसर मालिस अभ्यासबाट गरीने उपचार ४. अगदतन्त्रः विषबाट हुने रोगको उपचारमा विष वमन गराएर हुने उपचार ५. भूत विद्याः मानसिक रोग तथा ग्रहसँग सम्बन्धि पद्धति ६. बाल तन्त्रः बालउपचार विधि खेलाएर, चलाएर, मनोरञ्जन दिएर ७. रसायन तन्त्रः शरिर पुष्ट हुने तत्व सेवन गरेर जस्तो चेवनप्रास ८. वाजीकरण तन्त्रः शुक्र वृद्धि तथा शुक्रसँग सम्बन्धि चिकित्सा जस्तो यार्चागुम्वा, ज्वानु ।
यी माथिका उपचार विधिहरु परम्परागत भएतापनि हाल केवल कायाचिकित्सा, रसायन चिकित्सा, वाजिकरण तन्त्र विधिहरु मात्र प्रयोगमा छन् ।
पञ्चमहाभूत और आयुर्वेदः
आयुर्वेद प्राचिन ग्रन्थ वेदबाट उद्भव भएको हो । विशेष गरेर अथर्व वेदबाट आयुर्वेद उप–वेद बनेको हो । कुनै पनि वनस्पतिजन्य आयुर्वेद वनस्पतिमा पञ्चमहाभूत विद्यमान छन् तसर्थ एक अर्काका परिपूरक छन् । यि निम्नानुसार उल्लेख छन् ।
१. आकाशिय द्रव्यः
अदृष्य खाली ठाँउ नै आकाश हो । यो हल्का, मूलायम, सूक्ष्म, समतल र शब्द गुणबाट युक्त हुन्छ । यसको सेवनबाट शरिरमा कोमलता, चञ्चलता । छिद्रता धेरै मात्रामा हुन्छ ।
२. वायव्य द्रव्यः
सितल, रुखो, सुक्ष्म तथा स्पर्स गुणबाट युक्त हुन्छ । यसको सेवनले शरिरको गति एवं फूर्तिलोपन आउँछ ।
३. तेजस द्रव्यः
रुप गुणबाट युक्त गर्मी, तिक्ष्ण, सूक्ष्म, हल्का हुन्छ यसको सेवनबाट जलन, पाचन, तेज, चमक र रड्डरुप वृद्धि हुन्छ ।
४. आप्य वा जलिय द्रव्यः
तरल, ठण्डा, कोमल, आनन्दको वृद्धि हुन्छ ।
५. प्रार्थिव द्रव्य पृथ्वी
भारी, दृढ, स्थूल, ठोष र गन्धबाट पूर्ण हुन्छ । यसको सेवनबाट शरिरमा मोटोपना, दृढता, वजन स्थुलता वृद्धि हुन्छ ।
उपरोक्त पञ्चमहाभूत मध्ये त्रिदोष, शप्तधातु तथा मल आदि तत्व मध्ये सम अवस्थामा राख्नको लागि यि अधिक वा कम सेवन गरी दोषहरु सन्तुलन अवस्थामा राख्नु पर्दछ ।
त्रिदोष वात–पित्त–कफ
दोष धातु मल तीन तत्वको मेलबाट हाम्रो शरिर बनेको छ । वात–पित्त–कफलाई त्रिदोष भनिन्छ । उत्पत्ति तथा विनासको कारण पनि यही तत्व हो । यही त्रिदोषको सम अवस्थाबाट बनेको रजबीजले शरिर बनेको छ । शरिर स्वस्थ राख्नको लागि त्रिदोषको बारेमा जान्न अत्यन्त आवश्यक छ । यी त्रिदोषहरु बढी, घटी नभई सम अवस्थामा रहँदा मात्र हामी स्वस्थ निरोगी रहन सक्छौं । त्रिदोष सम नरहँदा रोग जन्मन्छ । धातु तथा मलको अवस्था पनि विग्रन्छ र रोग पैदा हुन्छ । त्यसैले यसलाई त्रिदोष भनिन्छ । यसको प्रभाव सम्पूर्ण शरिरमा मनको प्रभाव जस्तै हुन्छ । मन नड्ड र कपालमा पुग्दैन तर त्रिदोष सबमा पुगको हुन्छ । वायुको महत्व अधिक छ वायु विना कफ–पित्त पड्डु हुन्छ । वायु पित्तसँग आउँदा दाह÷उष्णता हुन्छ भने वायु कफसँग आउँदा नरम (गिलोपना) हुन्छ । ५ वायु तथा ५ उपवायु छन् । वायुको (वात) कारण ८० प्रकारका रोग लाग्न सक्छन्, पित्तको कारण ४० रोग र कफको कारण २० रोग लाग्दछन् ।
दोष और पञ्चमहाभूतः
वायु–पित्त–कफ त्रिदोष हुन । वायुको प्रमुख महाभूत आकाश हो । पित्तको महाभूत तेज वा अग्नी हो । कफको महाभूत जल वा पृथ्वी हो । यि त्रिदोषका आश्रयस्थानमा १. वायुकोः नाभी भन्दा तलका भाग पेट आन्द्रा, कम्मर, जाँघ, खुट्टा, ह¸ी हुन । २. पित्तकोः छाती वा नाभीको मध्यभाग पसिना, लसिका रगत तथा पेट हुन ३. कफः घाँटी भन्दा माथिको भाग कण्ठ, शीर, गर्धन, हड्डीको जोर्नी पेटको माथिल्लो भाग र शरिरको सम्पूर्ण धातुहरु हुन ।
यि त्रिदोषहरु सधैं एकैनासले रहन सक्तैन । अनुकुल र प्रतिकुल अवस्था आई रहन्छ । त्रिदोषहरु मुख्यतयाः मानसिक भावदसा, आहार, विहारको प्रतिकुलता, ऋतुहरुको परिवर्तन आदि कुराहरुमा सावधानी रहनुनै त्रिदोषहरुलाई स्वस्थता (सम) प्रदान गर्नुहो ।
शरिरको शप्तधातुहरुः
हाम्रो शरिर निर्माणको लागि सप्तधातुको महत्वपूर्ण स्थान छ । सप्तधातुहरु निम्न प्रकारका छन् । यी धातु सन्तुतिल अवस्थामा राख्नु पर्दछ नभएमा हाम्रो शरिरमा विकार पैदा हुन्छन् । रस -लसीका_, रगत -हेमोल्गोविन_, मासु -तन्तु_, बोसो -मेद_, हड्डी अस्थी, मज्जा -मासी_ बन्छ, रगतबाट मासु बन्छ, मासुबाट बोसो -मेद_ बन्छ, बोसोबाट हड्डी -अस्थी_ बन्छ, हड्डीबाट मज्जा -मासी_ बन्छ, मासीबाट रजवीज -शुक्रकिट, अण्डकोष_ बन्दछ ।
भोजनको आचारसंहिता
शरिर स्वस्थ राख्नको लागि भोजनको आचारसंहिता पालन गर्नुपर्दछ । भोजन कस्तो खाने< किन खाने< कुन समय खाने< कति खाने< यी कुरा महत्वपूर्ण छन् ।
यस बारे निम्न उल्लेख गरिएको छ ।
– चिल्लो पदार्थ सहितको भोजनः भोजनमा घिउ तेल उचित मात्रामा हुनु पर्दछ । उचित चिल्लो भोजनले खाना स्वादिष्ट, रुची बढ्छ, मुलायम हुन्छ, अग्नी तिव्र भई सुपाच्य हुन्छ, बल वृद्धि हुन्छ, ईन्द्रिय तथा अन्य अड्डहरु बलवान हुन्छन्, वायुमा सन्तुलन हुन्छ, मल निस्काशन सजिलो हुन्छ, जोर्नीहरुलाई सवल बनाउँछ ।
– ताजा र गरम भोजनः बासी तथा चिसो खानाबाट शरिरमा तामसिपन अस्वस्थकर र अपौष्टिक हुने भएकाले भोजन सधैं ताजा तथा गरम हुनुपर्छ । जसले गर्दा पौष्टिक र स्वादिष्ट हुनको साथै पाचक र वायु विकार रहित हुन्छ ।
– भोजनको सुन्दरताः भोजन दृष्टिपात गर्दा आकर्षक र सुन्दर हुनु पर्दछ । स्वच्छ, सफा, आकर्षक रड्ड, गन्ध, स्वाध तथा स्पर्ष सहित रुचीकर हेर्दै खेरी मुखमा पानी (रस) आउनु पर्दछ ।
– सफा सुन्दर तथा एकान्त स्थानः भोजन गर्ने स्थान सफा, सुघ्घर, सुन्दर, आकर्षक तथा भोजन गर्दा पाचन शक्तिमा विपरित प्रभाव पर्छ । भोजन समयमा मनलाई एकाग्र गरी रेडियो, टिभि, फोन आदि कुराकानीबाट रहित भएर शान्त अवस्थामा खानाको स्वाद लिनु पर्दछ ।
– मानसिक -अवस्था_ दशाः भोजन हमेसा शान्त र प्रशन्न भएर ग्रहण गर्नुपर्दछ । भोजनको समयमा कुनै प्रकारको अप्रिय चर्चा सुन्न र गर्न हुँदैन । क्रोध, इस्र्या, द्वैष, चिन्ता, घवराहट, डर आदि मानसिक दशामा कहिलेपनि भोजन गर्नुहुँदैन । यस अवस्थामा भएको भोजनबाट पाचन रसका श्राव ठीक संगले हुन पाउँदैन ।
– भोजनको उचित समयः खाना सधैं नियमित समयमा खानु पर्दछ । पहिला खाएको खाना राम्ररी पचि सकेको हुनुपर्दछ । खानु अगाडि मलमुत्रको त्यागभै सकेको हुनुपर्दछ । बिहान बेलुका हल्का खाना खानु पर्दछ र मध्यान्नमा १२ देखि १४ बजे पर्याप्त उचित मात्राको भोजन ग्रहण गर्नुपर्दछ ।
– भोजनको मात्राः पोशक तत्व सहितको उचित मात्राको खाना खानु पर्दछ । पेटमा एक तिहाई भाग अवश्य खाली राख्नुपर्दछ । अर्थात भोजनको मात्राको निर्णय स्वयं आफ्नो प्रकृति, उमेर, क्षमता, पाचन अग्नी शक्ति, अनुसार मात्रा निर्धारण गरी अनुकुल मात्रामा ग्रहण गर्नुपर्दछ ।
– भोजन चपाएर खानु पर्दछः भोजन गर्दा राम्ररी चपाएर खाँदा मुखबाट पाचन रस पर्याप्त आउने हुँदा सुपाच्य हुन जान्छ । यसको विपरित ठीक प्रकारले चपाएर नखाँदा परिणाम स्वरुप आमाशयमा नराम्रो असर परी पुरा पाचन हुन नसकेर अजिर्ण, कब्ज, ग्याँसजस्ता रोग उत्पन्न हुन्छन् । भोजन गर्दा सबै नियमको पालन गर्दा शरिर पुष्ट, धातुहरुको स्वस्थ अवस्था तथा निस्काशन प्रणाली राम्रो हुन्छ । जस्तोसुकै व्यस्त अवस्थामा खाना खाने समय व्यक्तिगत कार्य सम्झेर सुरक्षित राख्नु पर्दछ ।
– भोजनको अनुकुलताः शारीरिक अनुकुलताको आधारमा देश, पदार्थ, रोग आदिको मध्यनजर गरी मनुष्य ज्ञानको अभ्यास अनुसार पुरै पोषक तत्व सहितको उचित अनुकुल भोजन गर्ने गर्नुपर्दछ ।
विरुद्ध आहारको उदाहरण
सुपाच्य हितकारी खानाले स्वास्थ्यमा रक्षा गर्छ । दोषहरु पनि सम अवस्थामा राख्छ भने अपाच्य र अहित आहारको सेवनले स्वास्थ्यलाई विकार पैदागरी दोषलाई पनि प्रकोपित गर्दछ । सबै खाना सबैको लागि हितकारी हुँदैन शारीरिक अवस्था अनुसार फरक पर्दछ । निम्न उल्लेखित विरुद्ध आहार गर्नाले विभिन्न रोगहरु उत्पन्न हुन्छन् । छाला रोग, सेतो दाग, पिनास, रक्त अल्पता, मन्दाग्नी, मुर्छा, अम्लपित्त, पागलपन, नपुंसकता, अन्धोपन, सन्तान विकारको साथै मृत्यु समेत हुन सक्छ ।
– देशको दृष्टिबाट बिरुद्ध आहारः भौगालिक अवस्था अनुसार हिमाल, पहाड, तराई विभिन्न प्रकृतिको भिन्न भिन्न खाने कुराको प्रयोग गर्नुपर्दछ । जस्तो हिमालमा सातु लगायत गर्मी पैदा गर्ने खाना खानु पर्दछ ।
– काल वा मौषमको दृष्टिबाट विरुद्ध आहारः मौषम अनुसारको खाना खानु पर्दछ (हितमुक–भितमुक–ऋतभुक)
– पाचक अग्नीको दृष्टिबाट आहारः मन्द अग्नी भएको व्यक्तिले धेरै चिल्लो, चिसो पदार्थ खानु हुँदैन ।
– मात्राको दृष्टिबाट आहारः बराबर मात्रामा मह र घ्यू सेवन गर्नु विरुद्ध आहार हुनेछ ।
– अनुकुलताको दृष्टिबाट आहारः सधै भात खाने अभ्यास भएको व्यक्तिलाई गहँु, जौ, विरुद्ध आहार पनि हुनसक्छ ।
– दोषको दृष्टिबाट आहारः वायु प्रकृति भएकाले वायुवर्दक पदार्थ नखाने, कफ प्रकृति भएकाले कफवर्दक पदार्थ नखाने ।
– संस्कार वा पाकको दृष्टिबाट आहारः अमिलो पदार्थलाई तामाको भाडामा पकाएको खानु हुदैँन ।
– शारीरिक अवस्थाको दृष्टिका आहारः धेरै मोटो व्यक्तिले घिउ, मख्खन, तेल, खानु हुँदैन । पातलो मानिसले रुखो र हल्का खाना खानु हुँदैन ।
– कर्मको दृष्टिबाट आहारः नित्यकर्म अघि, भोकलाग्नु अघि, भोकलाग्दा नखानु यी सबै विरुद्ध आहार हुन ।
– पकाईको दृष्टिबाट भोजनः दुषित इन्धनले पकाएको, ठीक प्रकार नपाकेको, धेरै पाकेका वा कम पाकेको भोजन विरुद्ध आहार हुन्छ ।
– संयोगको दृष्टि आहारः दुधको साथ अमिलो, खरवुजा, तरवुजा विरुद्ध आहार हुन्छ ।
– रुचीको दृष्टिबाट आहारः रुचीकर भोजन पनि अघाएको समयमा खानु, मिठो नलाग्ने भोजन विवसता बस खानु पनि विरुद्ध आहार हुनेछ ।
– गुणको दृष्टिबाट आहारः रस रहित, रस नष्ट, विकारयुक्त खानाहरु विरुद्ध हुन् ।
– विधिको दृष्टिबाट आहारः भोजन सम्बन्धि आचारसंहिता पालन गरेर मात्र सेवन गर्ने ।

No comments:
Post a Comment