प्राणको अर्थः–
जसको अधिनमा सम्पूर्ण जगत अडेको छ, जो ईश्वर हो, जसमा सम्पूर्ण ब्रम्हाण्ड रहेको छ । त्यहीनै प्राण हो । प्राण औषधि हो, प्राण माता पिता आचार्य हो, प्राण वायु रुद्र आदित्य हो र प्राण नै साक्षात ब्रम्ह हो । प्राण नै दैवी शक्तिको प्रथम श्रोत हो ।
प्राणको महत्वः
अखिल ब्रम्हाण्डमा सर्वाधिक शक्तिशाली एवं उपयोगी जीवनी तत्व शरिरको कण कणमा व्याप्त अदृष्य शक्ति हो । हाम्रो भौतिक शरिर र त्यसमा स्थित कर्मेन्द्रिय आदि विश्राम लिन्छन् भने प्राण शक्ति अविछिन्न रुपमा कार्य गरिरहन्छ चरैवेति चरैवेति यही यसको मूल मन्त्र हो । जब प्राण शक्तिले काम गर्न छोड्छ त्यो मृत अवस्था हो । त्यसैले प्राण नै सबै थोक हो ।
प्राण साधनाः
प्राणको मुख्य द्वार नासीका हो । प्राण नासिकाको दुवै छिद्रबाट आउने र जाने गर्दछ । स्वासभित्र लिनुलाई पुरक, स्वास बाहिर फ्याक्नुलाई रेचक, स्वासलाई रोक्नुलाई कुम्भक भनिन्छ भने स्वास बाहिर फ्याकेर बाहिरै रोक्नुलाई बाह्यकुम्भक र स्वास भित्र भरेर भित्रै रोक्नुलाई अन्तःकुम्भक भनिन्छ । प्राणलाई आफ्नो नियन्त्रणमा लिई रोक्ने, छाड्ने क्रियालाई प्राणायाम भनिन्छ । प्राण भनेको केवल वायुमात्र नभई ईश्वरीय जीवनी शक्ति प्रकृतिमा व्याप्त र सदा विद्यमान रहेको हुन्छ । जसलाई ईश्वर, न्यम, खुदा जे नामबाट पुकारे पनि परम शक्ति एउटै हो । जीवनी शक्ति सर्वत्र व्याप्त र सदा विद्यमान शक्तिसँग जोडिएर प्राणायामको अभ्यास गर्नुनै प्राण साधना हो ।
प्राणायामको महत्व लाभ तथा नियम
हाम्रो भौतिक शरिर शप्तधातु, त्रिदोष, मूलतत्व–पञ्चमहाभूतमा विकाररुपी रोग उत्पन्न हुन्छन् । ती शप्तधात्वाग्नी, पञ्चभुताग्नी, जठाराग्नी समेत १३ अग्नीहरु निरन्तर जगाई राख्नको लागि दैनिक गरिने प्राणायामको वैज्ञानिक विधि र प्रकृयाद्वारा रोगलाई निराकरण गर्ने प्राकृतिक सरल शारीरिक उपचार विधि भएकाले प्राणायामको प्रमुख भूमिका छ । प्राण नै माता, पिता, भ्राता, गुरु, ब्रम्ह, ईश्वर, अमृत, सर्वस्व आदि सबै प्राण हो ।
प्राणको प्रकारः
प्राण साक्षात ब्रम्हको प्रकृतिरुपी मायाबाट उत्पन्न भएको शक्ति हो । यसलाई एउटै शब्दमा प्राणवायु भनिए पनि यो ५ प्रकारका प्राण वायु र ५ प्रकार उप–प्राण वायु छन् ।
१. प्राणवायुः
शरिरको कण्ठदेखि हृदयसम्म जुन वायुले कार्य गरिरहेको छ त्यसलाई प्राणवायु भनिन्छ । यो प्राण नासिका मार्ग, कण्ठ, स्वरतन्त्र –गला– वाक ईन्द्रिय, अन्न नलिका, श्वरतन्त्र, फाक्सो र हृदयलाई क्रियाशिलता गराई शक्ति प्रदान गर्दछ । यसमा नाग उप–वायु र चक्रमा अनाहत तथा तत्वमा वायुसँग सम्बन्धित छ ।
२. अपान वायुः
नाभी भन्दा मुनी मूलाधार सम्म जुन वायुले कार्य गरीरहेको छ त्यसलाई अपान वायु भनिन्छ । यसको कार्य मल, मुत्र बीज, –शुक्र– गर्भनिसारण आदि क्रिया अपान वायुले गर्दछ । यसमा कुर्म, उप–प्राणवायु र चक्र मूलाधार तथा तत्व पृथ्वीसँग सम्बन्धित छ ।
३. उदान वायुः
कण्ठबाट माथि शीर सम्म रहने क्रियाशिल हुने वायुलाई उदान वायु भनिन्छ । यसले गर्ने कार्य घाँटीदेखि माथि समस्त अड्ड, नेत्र, नाक, मुखमण्डल पिट्युटरी ग्रन्थी सहित पुरै मस्तिष्कको गतिशिलता प्रदान गर्दछ । यसमा देवदत्त उप–वायु र चक्र विशुद्धि तथा तत्व आकाशसँग सम्बन्धित छ ।
४. समान वायुः
हृदय देखि मुनी नाभीसम्म क्रियाशिल रहने वायुलाई समान वायु भनिन्छ । यसले गर्ने कार्य कलेजो, पेट, फियो, अग्नासय सहित सम्पूर्ण पाचन तन्त्रको आन्तरिक कार्य प्रणाली तथा नियन्त्रण गर्दछ । यसमा क्रिकल उप–प्राणवायु र चक्र मणिपुर तथा तत्व अग्नीसँग सम्बन्धित छ ।
५. व्यान वायुः
यो वायु शरिरको सम्पूर्ण भागमा व्याप्त छ । यसले गर्ने कार्य शरिरको समस्त गतिविधिको नियमित तथा नियन्त्रित गर्दछ । यसले शरिरका सम्पूर्ण अड्ड, मांसपेसी, तन्तु, जोर्नीहरु, नसनाडीहरुलाई क्रियाशिलता, उर्जा एवं शक्ति प्रदान गर्दछ । यसमा धनंजय उप–प्राणवायु र चक्रमा स्वाधिष्ठान तथा तत्व जलसँग सम्बन्धित छ । यसको अतिरिक्त हाम्रो शरिरमा ५ वटा उप–प्राण वायुहरु छन् । यिनको नाम तथा कामहरु निम्न प्रकार छन् ।
१. देवदत्तः यो वायुले छिंकना –हाछ्यौं– गर्ने कार्य गर्दछ ।
२. नागः यसले पलक झप्काउने –आँखा झिम्काउने– काम गर्दछ ।
३. कृकलः जँभाई लेना –यो वायुले हाई आउने– काम गर्दछ ।
४. कूर्मः यो वायुले चिलाएको ठाँउमा कन्याउने काम गर्दछ ।
५. धनन्जयः यो वायुले हिचकी लेना –हिक्क हिक्क आउने– क्रिया गर्दछ ।
शरिरका सन्निहित शक्तिकेन्द्र वा चक्रः
मानव शरिरमा अवस्थित विभिन्न प्रकारका चक्रहरु अद्भूत शक्तिको रुपमा रहेका छन् । यि सबै चक्रहरु मेरुदण्डको मूलबाट सुरु भएर माथिल्लो भागसम्म पुगेको छ । साधारण अवस्थामा यि चक्रहरु अधोमुख भएर रहेको हुन्छ । यी चक्रहरुलाई उध्र्वमुख –विकसित– गराउनको लागि ब्रम्हचर्यको पालना, प्राणायाम एवं ध्यान तथा यौगिक विधिद्वारा जगाएर अलौकिक शक्ति उत्पन्न गराउन सकिन्छ । चक्रको बारेमा अथर्व वेदको १०–२–३१ को भनाई छ ।
अष्टाचक्रा नवद्वारा देवानां पुरयोध्या ।
तस्यां हिरण्यमः कोशः स्वर्गाे ज्योतिषावृत्तः ।।
मनुष्य शरिर देवनगरी अध्योध्यारुपी र ८ चक्र तथा ९ द्वारहरु छन् ।
यी निम्न प्रकार छन् ।
१. मूलाधार चक्र २. स्वाधिष्ठान चक्र ३. मणिपुर ४. हृदय ५. अनाहत ६. विशुद्धि ७. आज्ञा ८. सहश्रार तथा दुई आँखा, २ नाक, २ कान, मुख, गुद्वार र उपस्थ ।
योगको अभ्यास द्वारा साधकहरुले यो हिरण्यमय कोषको रुपमा रहेको अन्तः अपरिमित, असिम, सुख शान्ति, आनन्द एवं दिव्य ज्योतिप्राप्त गर्न सक्दछन् । निम्नानुसार यसको अवस्था व्याख्या गरिन्छ ।
– मुलाधार चक्रः यो चक्र गुदादेखि २ अमल माथि उपस्थ देखि २ अमल तल रहेको हुन्छ । यो मूल शक्तिको श्रोत अर्थात आधार चक्र हो । सबै भन्दा पहिला यो चक्र जागृत –उध्र्वरेता– भएपछि ओजस्वी, तेजस्वी बनेर शरिरको समस्त रोगहरु नष्ट हुनुको साथै शक्ति प्रदान गर्दछ ।
– स्वाधिष्ठान चक्रः मूलधार चक्रबाट २ अमल माथि यो चक्र रहेको हुन्छ । यसमा ध्यान लगायो भने जीवनमा सामथ्र्यता र मुखमा सरस्वतीको बास हुने हुन्छ । यो चक्र जागृत भएमा प्रजनन प्रणाली स्वस्थ र सामथ्र्य बन्दछ ।
– मणिपुर चक्रः यसको स्थान नाभी हो । यो चक्र जागृत भएपछि सम्पूर्ण पाचन प्राणाली, अग्नासय, स्वस्थ हुनको साथै यसमा ध्यान केन्द्रित गर्दा शरिर विज्ञान सम्बन्धि सम्पूर्ण ज्ञान हुन्छ । र यसमा दिव्य शक्ति विद्यमान छ जसले मस्तिष्कलाई प्रभुता र वुद्धिलाई प्रकाशित गरीदिन्छ ।
– हृदय चक्रः यो चक्र हृदयको नजिक विद्यमान छ । यसमा ध्यान लगाई प्राणायाम गर्दा, वाचनकला, नेतृत्वशक्ति, साहित्यीक जितेन्द्रियता, उद्गिथ ध्वनीको साथै हृदयरोग नास हुन्छ ।
– अनाहत चक्रः यो चक्र दुवै स्तनको मध्यभागमा रहेको हुन्छ । यो चक्र जागृत हुँदा ह¸ी, मांसपेसी स्वस्थ र सुदृढ हुन्छ । यसमा ध्यान लगाउँदा प्रेम, करुणा, सेवा, एवं सहानुभूति गुणहरु प्राप्त हुन्छन् । यो स्थूल भाग नभई भावनात्मक भाग हो । जसको सम्बन्ध चित्तमा, मनमा हुन्छ ।
– विशुद्धि चक्रः यसको स्थान कण्ठ हो । यो जगाउँदा थाईराइड ग्रन्थी, फोक्सो सम्बन्धि रोग निर्मूल हुन्छ । यस चक्रमा ध्यान लगाउँदा मानिस कवि, महाज्ञानी, निरोगी, शोकहीन र दीर्घजीवि हुन्छ ।
– आज्ञा चक्रः भृकुटीको मध्यभागमा यो चक्र रहेको हुन्छ । यसलाई इडा, पिड्डला तथा शुसुम्ना नाडीको त्रिवेणी पनि भनिन्छ । यो जाग्दा सम्पूर्ण नाडी तन्त्र शान्त, स्वास्थ, एवं संतुलित हुन्छ । सम्पूर्ण नाडी तन्त्रसँग सम्बन्धित छ । पापबाट मुक्त हुनको लागि दैनिक ओमकारको जप सहित यस चक्रमा ध्यान लगाएर अभ्यास गर्नुपर्छ ।

– सहश्रार चक्रः यो तालु भन्दा माथि मस्तिष्कमा ब्रम्हरन्थ्र भन्दा पनि माथि दिव्य शक्ति केन्द्रमा अवस्थित छ । यो जागृत हुँदा स्नायु प्रणाली सन्तुलित हुनको साथै आत्माको ज्ञान प्रकाशित हुन्छ । यही चक्रबाटै शरिरमा सम्पूर्ण नसा तथा स्नायूप्रणालीहरु संचालित हुन्छन् ।
पञ्चकोषः
हाम्रो शरिरमा अवस्थित पञ्चकोषहरु निम्नानुसार छन् ।
१. अन्नमय कोषः
यो स्थुल शरिरको पहिलो भाग हो । अन्नमय कोषले छाला तत्व देखि शप्त धातु पर्यन्त रजवीजसम्म निर्माण गर्ने कार्य गर्दछ । यो पृथ्वी तत्वसँग सम्बन्धित छ । यसले नियमित आहार विहारबाट शरिरलाई स्वस्थ पुष्ट राख्दछ ।
२. प्राणमय कोषः
यो स्थुल शरिरको दोश्रो भाग हो । शरिर र मनको माध्यम प्राण हो यसले ज्ञान–कर्मको समस्त कार्यहरु सम्पादन गर्दछ । श्वासप्रश्वासको रुपमा कार्य गर्दछ, यसमा ५ वटै प्राण र उप–प्राणवायु पर्दछन् । यसको मूख्य कार्य आहारको परिपाक गर्नु, शरिरमा रसको उत्पादन गर्नु तथा वितरित गर्दै रगतमा मिलेर शरिरको सम्पूर्ण भोग तथा उपभोग गरेर मल निस्कासन र प्राणायामको अभ्यासले प्राणमय कोषको कार्य शक्ति बढ्दछ । यो वायुतत्वसँग सम्बधिन्त छ ।
३. मनमय कोषः
सुक्ष्म शरिरलाई क्रियात्मक रुपमा सञ्चालन गर्ने मनोमय कोष हो । यसमा मन, वुद्धि, अहंकार र चित्त पर्दछ । जसलाई चतुष्ठ्य अन्तःकरण भनिन्छ । ज्ञान एवं ध्यानबाट यस कोषको शुद्धि र पुष्टि हुन्छ । यसमा पञ्चकर्मेन्द्रियहरु पर्दछन् जसको बाह्य जगतसँग अधिक व्यवहार हुन्छ ।
४. विज्ञानमय कोषः
यो सुक्ष्म शरिरको ज्ञान प्रधान दोश्रो भाग हो । यसको मुख्य तत्व ज्ञानयुक्त वुद्धि एवं ज्ञानेन्द्रियहरु पर्दछन् । जसको सहायताले मानिसले ज्ञानपूर्वक ठीक तरिकाले जानेर उचित रुपबाट आचार विचार गर्दछ र असत्य, भ्रम, मोह, आशक्ति आदिबाट सर्वथा अलग रहेर निरन्तर ध्यान एवं समाधिको अभ्यास गर्दछ । जसलाई ऋतम्भरा प्रज्ञावान, विवेक एवं वैराग्यबाट चित्तवृत्तिको निरुद्ध गरेर आत्मवोध उपलब्ध हुन्छ ।
५. आनन्दमय कोषः
आनन्दमय कोष हृदय प्रवेशमा बस्दछ यो आन्तरिक जगतमा अधिक सम्बन्ध राख्दछ । मानिसको जीवन, स्थुल शरिर अस्तित्व र संसारिक सम्पूर्ण व्यवहार यही कोषमा पर्दछ । सफल आनन्दमय कोषबाट निर्विज समाधिमा पुगी जीवनमुक्त आनन्दमय स्थितिमा पुग्न सक्दछ ।
कुण्डलिनी शक्ति, चक्रसोधन र कुण्डलिनी जागरणको उपायः
प्राणायाम, ध्यान र विधिपूर्वक यौगिक क्रियाको अभ्यासद्वारा जब मूलाधारचक्र जागृत भएर दिव्यशक्ति उध्र्वगामिनी हुन्छ यसैलाई कुण्डलिनि शक्ति भनिन्छ । जुन शक्तिलाई भोगमा उपयोग गरिन्थ्यो त्यही शक्तिलाई योग अभ्यासद्वारा रुपान्तरित गरेर मनुष्यले भित्री दिव्य शक्ति प्रकट गर्छ ।
“यथा पिण्डे तथा ब्रम्हाण्डे” जुन शक्ति ब्रम्हाण्डमा छ त्यही शक्ति मनुष्य शरीरमा छ । विद्युतको मेन स्वीचले जुन काम गर्दछ कुण्डलिनी जागृत भएपछि हाम्रो शरिरमा सन्निहित दिव्य विद्युतिय शक्तिको स्वतः जागरण हुन थाल्दछ । कुण्डलिनी शक्ति जागृत भएको अवस्थामा सहश्रार चक्रतक सबै चक्रहरु सोधन भएर असम्प्रज्ञात समाधि वा दिव्य ज्ञानलोक प्रकट हुनुनै चक्रसोधन वा कुण्डलिनी जागरण हो ।
कुण्डलिनी जागरणको लागि ईच्छुक साधकले सम्यम र विधिपूर्वक प्रतिदिन भस्त्रिका ५ मिनेट, कपालभाँति ३० मिनेट, बाह्य प्राणायाम ११ देखि २१ पटक, अनुलोमविलोम ३० मिनेट, भ्रामरी ५ मिनेट, उद्गिथ ५ मिनेछ र अधिकतम प्रणव ध्यान गर्दानै लक्ष्य सिघ्र प्राप्त हुन्छ ।
ध्यानको लागि दिशा निर्देशः
– ध्यानको समयमा सर्वाेपरी महत्व केवल ध्यानमा मात्र लगाउनु पर्नेछ । दान परोपकार शुभकाम जे भएपनि ध्यानको समयमा महत्व नदिने । ध्यान समयमा चिन्तन, मनन, निधिध्यासनका लक्ष ब्रम्ह हुनु पर्दछ ।
– ध्यान समयमा अन्तरमुखी भएर जड चेतन, बाह्य पदार्थबाट सम्पूर्ण ईन्द्रियाहरुबाट पृथक, प्रकृति, धन, ऐश्वर्य, भूमि, भवन, पुत्र, पौत्र, भार्या, शरिर आदि रुप म होइन । म केवल आनन्दमय, ज्योर्तिमय, शुद्ध अमृत पुत्र हुँ । पञ्चल्केश, पञ्चकोष आदिबाट रहित हुँ । म आनन्दमय भगवानसँग सम्बन्धित छु । उनै परमात्माले जीवन, प्राण, शरिर, सम्पूर्ण प्रदान गर्नुभएको छ । आनन्दरुपी परमात्माको अंसको कारण म माथि आनन्द बर्सिरहेको छ भन्ने महसुस नगर्नु दोष हो ।
– आफू स्वयं द्रष्टा बनेर साक्षीको रुपमा बसेर समस्त शुभभावका कर्महरुलाई भगवानको सेवा मानेर अहंकार रहित तथा फलको अपेक्षा नगरी कर्मनै भगवानको क्रियात्मक ध्यान हो ।
– संसारमा दुःख सुख केही छैन मनको भावनाको कारणले जे महसुस ग¥यो त्यही अनुभव हुन्छ । केवल भगवानको शरणापन्न भएर सम्पूर्ण अन्य विषयलाई विर्सेर ध्यानमा (समाधिमा) जानु पर्दछ ।
– परमात्माको अनुभूती, आत्मसाक्षातकार गर्नको लागि दैनिक २४ घण्टामा १ घण्टा परमात्माको ध्यानलाई अनिवार्य रुपमा समय दिने गर्नुपर्दछ । यसरी ध्यान गर्दा दुःखबाट मुक्ति, आत्मसन्तुष्टि, संयम तथा दीर्घजीवन पाउन सकिन्छ । यसो नगर्दा संसारिक कार्यमा मात्र लाग्दा दुःख कष्ट, असंयम, अधैर्य आदिबाट पीडित हुनुपर्नेछ ।

No comments:
Post a Comment